बोल्न नसक्दा झन्डै पद छाडेकी प्रदेश सांसद

प्रदेशसभा सदस्य हुने कल्पना पनि गरेको थिएन। पार्टीले समानुपातिक सिटमा छनोट गर्‍यो। मेरो लागि यो अवसर अपत्यारिलो खुसी बनेर आएको थियो। र, सँगै चुनौती पनि,’ कर्णाली प्रदेशसभा सदस्य झोवा विकले भनिन्।

सांसद झोवालाई चुनौतीको पहाडले घेरेको महसुस हुन थाल्यो। पिछडिएको क्षेत्र मुगुबाट प्रतिनिधित्व गरेकी दलित समुदायकी झोवाले आफैंभित्रका कमजोरी देख्न थालेकी थिइन्। ‘तीन दिनसम्म म आफूलाई सपनामा महसुस गरिरहेकी थिएँ। पार्टीले ठूलो जिम्मेवारी दिएको थियो। वहन गर्न सक्ने क्षमतामा आफूलाई कमजोर ठानिरहेकी थिएँ,’ उनले भनिन्।

उनी नेपाली कांग्रेसबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य छानिएकी हुन्। सुरुमा त आफू सांसदका लागि योग्य नरहेको भन्दै उनले अस्वीकार गरिन्। तर, पार्टीका नेताहरूले हौस्याए उनलाई। ‘मैले जानेको छैन भन्दा उहाँहरूले अगाडि बढ्न हौस्याउनुभयो। गाउँका मानिसहरू मलाई सम्मान गरिरहेका थिए। फूलमाला, खादा लगाइदिन्थे। पार्टी कार्यालयमा पनि सम्मान कार्यक्रम राखियो,’ सांसद विकले सुनाइन्, ‘त्यतिबेलासम्म मलाई डरले सताइरहेको थियो।’

प्रकाशित मिति: : 2019-10-20 07:34:17

प्रतिकृया दिनुहोस्