तोकिएको मितिमा धरहरा नबन्ने, म्याद थप्ने लविङमा ठेकेदार

काठमाडौंः गोरखा भूकम्पका क्रममा ढलेको धरहरा तोकिएको समयमा निर्माण हुन नसक्ने भएपछि ठेकेदार कम्पनी समयावधि थप्नले लविङमा जुटेको छ। धरहराको बाँकी संरचना निर्माणका लागि पर्याप्त जग्गा समयमा उपलब्ध हुन नसकेको भन्दै निर्माण कम्पनीले समय थप गर्न पुनर्निर्माण प्राधिकरणलाई आग्रह गरिरहेको छ।  निर्माण कम्पनीसँग दुई वर्ष भित्रमा धरहराको निर्माण सक्नुपर्ने गरि सम्झौता भएको थियो। तर निर्माण कम्पनी अहिलेदेखि नै म्याद थप्ने लविङमा लगिरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2019-10-19 10:32:08

प्रतिकृया दिनुहोस्