नारीवादीले कहिल्यै आफूलाई पुरुषविरोधी भनेका छैनन्, यो आन्दोलन पितृसत्ता विरुद्ध हो

कमला भसिन

कमला भसिन मुख्यतः भारतीय नारीवादी अभियन्ताका रूपमा परिचित छिन् । तर त्यति मात्र उनका परिचय होइन । त्यति मात्र परिचयले उनलाई परिचित गराउनु अन्याय हुन्छ । वास्तवमा उनी कवि, लेखक र विज्ञ पनि हुन् । उनको ‘जेन्डर’सम्बन्धी पुस्तक विश्वविद्यालय स्तरमा पढाइ हुन्छ । उनी आफ्नो एनजीओ ‘सङ्गत’को कार्यक्रमका सिलसिलामा बेलाबेलामा नेपाल आउने गर्छिन् । गत महिना नेपाल भ्रमणका क्रममा उनीसँग रातोपाटी संवादाता माया श्रेष्ठले लामो कुराकानी गरेकी थिइन् । सो अन्तरवार्ताको सार :

तपाईंको परिचय एक नारीवादीका रूपमा बनेको छ । तर समाजले नारीवादीलाई त्यति राम्रो दृष्टिले हेरेको पाइँदैन । नारीवादबारे अन्यौल पनि उतिक्कै छ । नारीवाद, नारीवादीबारेमा धेरैले बुझ्ने गरी सरल भाषामा बताइदिनुस् न । 

सरल भाषामा भन्दा नारीवादीहरू ती मानिस हुन् जो महिला र पुरुषलाई बराबरी ठान्छन् र व्यवहारमा पनि समानताको अभ्यास गर्छन् । अनि यस्तो समानता हुनुपर्छ भन्ने विचार, सिद्धान्तलाई नारीवाद भनिन्छ । ......

प्रकाशित मिति: : 2019-10-19 07:57:43

प्रतिकृया दिनुहोस्