उमेर भैसक्यो साठी, झन् ठूला दुःखले घेरेको !

जनगायक जीवन शर्मा

सिमली छायामा बसी भरिया लामो सास फेरेको

उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको…

जनगायक जीवन शर्मा ६० वर्ष पुगे । आफैंले गाएको गीतझैं अहिले उनलाई भयानक दुःखले घेरेको छ । भरियालाई जस्तै एकछिन बसेर सास फेर्ने फुर्सद छैन ।

शर्मालाई एकातर्फ दुःखले घेरेको छ, अर्कोतर्फ ‘युट्युबर’ हरुले घेरेर घाउमा नुन–चूक छर्कने गरेका छन् । छातीभित्रको दर्द छताछुल्ल बनाएर कसैसँग हात पसार्न नचाहने स्वाभिमानी गायक शर्मा आफूले बोल्दै नबोलेका कुरा प्रचार गरेर युट्युबरहरुले भ्रम फैलाएको गुनासो पोख्छन् ।

प्रकाशित मिति: : 2019-10-18 08:53:41

प्रतिकृया दिनुहोस्