दुई प्रतिशत प्रतिष्ठान मात्रै दर्ता भए सामाजिक सुरक्षा कोषमा

कोषमा दर्ता हुन बाध्यकारी नियम बनाइने, दर्ता नभए सम्पूर्ण जिम्मेवारी रोजगारदाताले लिनुपर्ने

सरकारले निकै महत्व दिएर सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा करिब २ प्रतिशत मात्रै प्रतिष्ठान दर्ता भएका छन् । सरकारले कोषमा सूचीकृत हुन दिएको अवधि असोज मसान्तसम्म ८ हजार ३ सय प्रष्तिठान सूचीकृत भएका छन् । राष्ट्रिय आर्थिक गणना ०७५ अनुसार नेपालमा ९ लाख २३ हजार ३ सय प्रतिष्ठानहरू सञ्चालनमा छन् । त्यसमध्ये सरकारी निकायमा दर्ता भएका प्रतिष्ठानको संख्या ४ लाख ६२ हजार ६ सय ५ छ । यसलाई आधार मान्दा बिहीबारसम्म १ दशमलव ७९ प्रतिशत प्रतिष्ठान दर्ता भएका छन् । कोषमा दर्ता भएका श्रमिकको संख्या भने करिब १ लाख छ ।

प्रकाशित मिति: : 2019-10-18 08:36:58

प्रतिकृया दिनुहोस्