सिनेमाको कथाजस्तो लाग्ने सांसद आलमसँग जोडिएको त्यो ‘नरसंहार’

घटना १२ वर्षअघिको हो । इतिहासमै पहिलो पटक हुँदै थियो, संविधानसभा निर्वाचन । चुनावी माहोलले रौतहट–२ मा तातेको थियो । यो निर्वाचन क्षेत्रमा कांग्रेसबाट उम्मेदवारी दिएका थिए, मोहम्मद आफताव आलमले ।

२८ चैत २०६४ मा मतदान हुनेवाला थियो । तर, अघिल्लो दिन अर्थात् २७ चैत २०६४ मा एउटा अत्यासलाग्दो घटना भयो । निर्वाचनको पूर्वसन्ध्यामा बुथ कब्जा गर्ने उद्देश्यले बम बनाउने क्रममा विस्फोट हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भयो । बम विस्फोटमा घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टाको आगोमा हालेर मारियो ।

प्रकाशित मिति: : 2019-10-15 18:47:45

प्रतिकृया दिनुहोस्