उपसभामुखको तर्क– महराको गल्तीको सजाय मैले किन बेहोर्ने ?

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुख नै बन्ने चाहना राखेकी छिन् । यौन दूराचारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । र, महरा प्रहरी हिरासतमा छन् । 

सभामखु र उपसभामुख एउटै पार्टीको हुनु नहुने संवैधानिक प्रावधानका कारण सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर भए पनि सभामुख छाड्न नहुने तर्क गरिरहेका छन् ।

पूर्वसभामुख सुवास नेम्वाङले उपसभामुखले पनि राजीनामा दिने यसअघि नै बताइसकेका छन् । सभामुख व्यक्ति नभएकाले पदलाई सम्बोधन गरेर राजीनामा दिन बाधा नपर्ने र संसद् सचिवालयले सूचना टाँस गरेपछि उपसभामुख पद पनि रिक्त हुने र दुवै पदका लागि निर्वाचन गर्न बाटो खुल्ने उनको तर्क छ ।

प्रकाशित मिति: : 2019-10-15 18:01:50

प्रतिकृया दिनुहोस्