पोखराका युवा साइकल यात्री : देश बुझ्न, बुझाउन साइकल यात्रामा

तस्बिरः रातोपाटी

दसैं मुखैमा थियो । फुटपाथदेखि सपिङमलसम्म जताततै दसैंको रौनक देखिन्थ्यो । अझ भनौ सिंगो देशलाई नै दसैंले छपक्कै छोपेको थियो । सहरदेखि बाहिर, टाढाटाढा घर हुनेहरु घर फर्किसकेका थिए । कोही फर्किने सुरसारमा थिए । सहरमै घर भएका पनि दसैं कसरी मनाउने ? दसैंको योजना बनाउनमै व्यस्त देखिन्थे । यस्तोमा उनी भने साइकल डोहो¥याउँदै निस्किए यात्रामा ।

युवा साइकल यात्री दिवस गुरुङले आफ्नो पहिलो साइकल यात्राबारे अनुभव सुनाए । गुरुङले गएको वर्ष ‘दिगो विकासका लागि साइकल अभियान, देश बुझौ, देश घुमौं’ भन्ने नारा बोकेर पूर्वी नेपालका केही जिल्ला घुमेका थिए ।
‘पोहोर साल साइक्लिङ मात्र होइन, साइक्लिङबाट केही सन्देश पनि दिनुपर्छ भनेर ४४ दिनको साइकल यात्रा गरेको थिए,’ उनले सुनाए । यसक्रममा प्रदेश नम्बर १ को सबै जिल्ला घुमेको उनी सुनाउँछन् । तराईका अरु केही जिल्ला समेत गरि २९ जिल्ला पुगेको थिए उनी त्यसबेला ।

प्रकाशित मिति: : 2019-10-14 12:30:46

प्रतिकृया दिनुहोस्