अघिअघि सी : पछिपछि रेल

५०% अनुदान र २५% ऋण दिन तयार चीनले २५% लगानी गर्न नेपाललाई भनेको छ, तर प्रधानमन्त्री ओलीले ८०% अनुदानका लागि आग्रह गर्ने भएका छन् । लगानी मोडालिटीमा तत्काल सहमति नभए डिपिआर बनाउने समझदारीमा हस्ताक्षर हुने

चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आउँदै छन् । चीनबाट २३ वर्षपछि हुन लागेको राष्ट्रप्रमुखस्तरीय भ्रमणलाई नेपालले उच्च प्राथमिकता दिँदै स्वागतको भव्य तयारी गरेको छ । राष्ट्रपति सीको भ्रमणमा छलफल हुने प्रमुख एजेन्डामा केरुङ–काठमाडौं रेलमार्ग छ । भ्रमणकै क्रममा यो विषयमा सम्झौता गर्ने दुवै पक्षको तयारी छ ।

प्रकाशित मिति: : 2019-10-11 07:01:21

प्रतिकृया दिनुहोस्