अभावै अभाव झेल्दै पोखराको ट्राफिक प्रहरी, ‘हातखुट्टा बाँधेर दगुर् भनेजस्तो भएको छ’

पोखरा : नेपालकै दोस्रो ठूलो ट्राफिक समस्या भएको सहर हो, पोखरा। यति ठूलो सहरमा पनि ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्रीहरुको जोहो भने शून्य बराबर नै रहेको छ।

‘हामीलाई हातखुट्टा बाँधेर दगुर भनेजस्तो भएको छ,’ पहिलोपोस्टसँग कुरा गर्दै ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले भने।

मिश्रका अनुसार पोखरामा करिब दैनिक १५ हजार सवारीसाधन गुड्ने भए पनि तिनका चालकको मादक पदार्थ सेवन (मापसे) जाँचका लागि ट्राफिक प्रहरीसँग जम्मा एक थान मात्र ब्रेथलाइजर मेसिन छ। उनले भने, ‘दैनिक कति जनालाई हा गर्नुस् त भन्ने?’ ट्राफिक प्रहरीलाई समस्याका बीच जनताको सेवा गर्न असहज भएको उनले बताए।

प्रकाशित मिति: : 2019-10-10 11:48:42

प्रतिकृया दिनुहोस्