बालीघरे प्रथा : बन्दै छ उहिलेको कथा

काठमाडौं- काम गरेबापत दलित समुदायले ज्यालाका रुपमा नगद नभई बाली लिने चलनलाई बालीघरे प्रथा भनिन्छ। वर्षको दुईपटक बाली रोप्नेदेखि भित्र्याउने सम्म काम गरेर लगाएको अन्नबालीको एक दुई ‘सुपा’ पाउने गरेका थिए, दलित समुदायले।

सदियौंदेखि समाजमा यो प्रथा (अन्नबाली दिएर काम गराउने) पछिल्लो समयमा हट्दै गइरहेको छ। मानिसहरूमा जनचेतनाको विकास हुनुका साथै ग्रामीण क्षेत्रमा अन्नबालीको उत्पादनमा पनि कमी आउन थालेपछि डडेल्धुरामा बाली प्रथा हट्दै गएको हो। 

आजकल लुगा सिउने र आरनको काम गर्नेहरू नगद ज्याला लिएर नै काम गर्छन्। अजयमेरु गाउँपालिका–१ पाली गाउँका शेरबहादुर दमाई विगत २० वर्षदेखि आफ्नै गाउँमा सिलाइ व्यवसाय गर्दै आइरहेका छन्। सुरुवातदेखि बालीघरे प्रथामा सिलाइको काम गर्दै आइरहेका शेरबहादुर पाँच वर्षयता नगद ज्यालामा काम गरिरहेका छन्।

प्रकाशित मिति: : 2019-10-10 11:43:57

प्रतिकृया दिनुहोस्