बाजेको सेकुवा स्टाइलमा घरमै बनाउनुहोस् नली कबाब र मटन चप (भिडियोसहित)

र्षोल्लासको चाड हो दसैँ । दसैँ शब्द आफैंमा खुसीको पर्यायवाची नै बनिसकेको छ । साथीभाइ, आफन्तसँगको जमघट, खानपिन, रमाइलो यही नै हो दसैँ । 

मांसाहारीका लागि दसैँको मुख्य ‘चार्म’ भनेको मासु नै हो । घरमै खसी काटिने भएकाले मानिसहरुसँग मासुका विभिन्न परिकार बनाएर खाने अवसर जुट्ने गर्छ । दसैँका बेला धेरैले मासुका परिकारसँग ‘एक्सपेरिमेन्ट’ पनि गर्छन् जुन कहिलेकाँही राम्रो र मिठो बन्छतर कहिलेकाँही यतिसम्म बिग्रन्छ कि परिकार नै फाल्नुपर्ने स्थिती सृजना हुन्छ ।

खाना मिठो बनाउन ‘टिप्स एण्ड ट्रिक्स’ पनि चाहिन्छ । रातोपाटीले यसपटकको दसैँमा भिन्न शैलीको मासुका परिकार बनाउने विधि थाहा पाउनका लागि बाजेको सेकुवासँग सम्पर्क गरेको छ ।

बाजेको सेकुवा अन्तर्राष्ट्रिय स्तरमा पनि निश्चित परिकारका लागि ख्याती कमाउन सफल नेपालको विशिष्ट ब्राण्ड हो ।

प्रकाशित मिति: : 2019-10-06 06:31:07

प्रतिकृया दिनुहोस्