खाउँ भने तरकारी, जान्छ घरबारी!

तस्बिरः नेपाललाइभ

कोटेश्‍वर महादेवस्थानकी लक्ष्मीकुमारी तरकारी किन्‍न तीनकुनेस्थित फलफूल तथा तरकारी बजार पुगिन्। त्यहाँ पुगेर भाउ सोध्दा झन्डै बेहोस् भइनन्। एक महिनाअघि ४०-५० रुपैयाँ किलो पर्ने सुकेको प्याज अहिले झन्डै डेढ सय छ। ६५ पर्ने तने बोडीको भाउ पनि उस्तै।

‘जहिले पनि दसैं तिहारकै बेला भाउ बढाउँछन्। तरकारी त खानै नसकिने भयो,’ कुमारीले गुनासो गरिन्। ‘तरकारी नखाउँ भने हुँदैन, खाउँ भने किन्‍नै नसकिने, जहिल्यै समस्या गरिबले भोग्‍नुपर्छ,’ उनले भनिन्। तरकारीको भाउ दुई हप्तादेखि आकासिएको छ। पहिलेको तुलनामा दोब्बर नै भएको छ, अझ कति तरकारीको त तेब्बर भएको छ।

प्रकाशित मिति: : 2019-10-02 07:10:36

प्रतिकृया दिनुहोस्