किन चिप्लिन्छन् उच्चपदस्थ ?

तस्बिरः शिलापत्र

संसद् सचिवालयमा कार्यरत एक कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । छानबिन सहज बनाउन भन्दै उनले ‘नैतिकताका आधार’मा राजीनामा दिएका हुन् । यद्यपि, महरालाई राजीनामा दिन उनीसम्बद्ध नेपाल कम्युनिस्ट पार्टी र नागरिकस्तरबाट तीव्र दबाब आएको थियो ।

उनले आइतबार साँझ मदिरामा लट्ठिँदै कर्मचारीको कोठामा पुगेर बलात्कार गरेको आरोप प्रमाणित भइनसके पनि अनुसन्धान सहज बनाउन दिएको राजीनामालाई सकारात्मक रूपमा हेरिएको छ । नेपालमा यौनजन्य आरोप र बोली चिप्लिएका कारण पद गुमाउन परेकाको सूची लामो छ । पछिल्लो दुई वर्षमा यस्ता आरोपकै कारण संघीय सरकारका एक मन्त्री र प्रदेश सरकारका दुई मन्त्रीको पद गएको छ ।

प्रकाशित मिति: : 2019-10-01 23:41:26

प्रतिकृया दिनुहोस्