टेप काण्डमा जोगिएका महराको राजनीतिक जीवन अवसानतिर

अर्थमन्त्री हुँदा २०७४ सालमा बजेट भाषण गर्न जान लागेका महरा। फाइल तस्बिर : नारायण महर्जन/सेतोपाटी

२०३५ सालतिर कृष्ण बहादुर महरा पृथ्वीनारायण क्याम्पस पोखरामा पढ्थे। वामपन्थी राजनीतिमा उनको झुकाव थियो। वामपन्थी विद्यार्थीमाझ प्रशासनका आँखा छलेर रातिराति हुने छलफल र प्रशिक्षणमा महरा भाग लिन्थे।

एकदिन त्यस्तै एउटा छलफलमा भाग लिन महरा पुगेका थिए। त्यहाँ बोल्न आएका थिए, पुष्पकमल दाहाल ‘प्रचण्ड’। उनले नेपालको वामपन्थी राजनीतिमा रहेको मूल समस्या के हो भनेर केलाए। उनले भने- जबजब निर्णायक लडाइँको स्थिति आउँछ, नेपालका वामपन्थीहरूले सम्झौता गर्ने गरेका छन्।

 

 
प्रकाशित मिति: : 2019-10-01 23:16:54

प्रतिकृया दिनुहोस्