भिन्न विचारको प्रतिवादमा बर्बरताको ताण्डव

तस्बिरः रातोपाटी

भ्रष्टाचारविरोधी अभियानको आवरणमा सत्ताधारी नेता र दलहरुको खोइरो खन्दै ‘अभियन्ता’को रुपमा देखापरेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीमाथि शनिबार (असोज ११ गते) चितवनमा भएको निर्मम आक्रमणले सबैभन्दा उन्नत भनिएको लोकतन्त्र र गणतन्त्रको नराम्ररी हुर्मत लिएको छ ।

ज्ञानेन्द्र शाही के र को हुन् ? उनको अभियानको अन्तर्य के हो ? त्यो सार्वजनिक चासोको विषय हो । खासगरी, उनले वर्तमान राज्य व्यवस्थाले जुराइदिएको वाक तथा अभिव्यक्ति स्वतन्त्रताको ‘विन्दास’ उपभोग गर्दै गणतान्त्रिक शासन व्यवस्था र यसका सञ्चालकहरुका विरुद्धमा चर्को स्वरमा ‘उत्तेजक’ नाराहरु उरालेर जनमत आफूतिर एकत्रित गराउने कोशिश गरिरहँदा त्यसको पनि खोजविन गरिनुपर्छ । तर, भिन्न विचार बोकेकै आधारमा र सत्ताधारी नेताहरुको चर्को आलोचना, विरोध गरेकै कारण त्यसलाई निषेध गर्ने नाममा गरिएको ‘बर्बरताको ताण्डव’लाई चाहिँ कुनै हालतमा पनि न्यायोचित ठहर्याउन सकिन्न ।

 

प्रकाशित मिति: : 2019-09-29 16:34:40

प्रतिकृया दिनुहोस्