सांसदलाई गाउँ पुग्दा लाहुरे ठान्छन्

तस्बिरः थाहा खबर

असोज ५, २०७६ काठमाडौं :

नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तिलबहादुर महत ‘तिलक’ संसदीय अभ्यासमा नयाँ अनुभव संगाल्दै छन्। २०२१ सालमा गुल्मीको मुसिकोटमा जन्मेका महत २०४२ सालमा नवलपरासी बसाइँ सरेका हुन्।

तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट विद्यार्थी राजनीति गर्दै पार्टीको जिल्ला नेतृत्व सम्हालेका महत सांसद बनेको डेढ वर्ष भयो। २०६४ सालमा तत्कालीन नेकपा एमाले नवलपरासी जिल्लामै शून्य सिटमा पुगेपछि २०६५ सालमा जिल्लाको नेतृत्व उनको जिम्मामा आइलाग्यो। कुशल नेतृत्वकै कारण २०६८ सालमा फेरि जिल्ला अध्यक्षको नेतृत्व पाए।

प्रकाशित मिति: : 2019-09-22 17:21:21

प्रतिकृया दिनुहोस्