सम्झौताको ७ वर्षमा पनि पूरा भएन जनकपुर विमानस्थलको टर्मिनल भवन

तस्बिरः नेपाललाइभ

जनकपुर- क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पना अनुसार निर्माण सुरु भएको जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवन ७ वर्ष पुग्दा पनि पूरा हुन सकेको छैन। सरोकारवाला निकायको ढिलासुस्तीका कारण निर्माण कार्यमा ढिलाइ भएको हो।भारतको इलाहाबादस्थित इन्दिरा गान्धी विमानस्थलको नक्सा बमोजिम निर्माण कार्य सुरु गरिए पनि प्राविधिक त्रुटि तथा रकम अभावका कारण पूर्णता पाउन सकेको छैन। नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको नयाँ टर्मिनल भवनको एक चरणको काम मात्र पूरा भएको विमानस्थलका अधिकारीहरु बताउँछन्। 

 ७ वर्षदेखि निर्माणाधीन रहेको विमानस्थलको फलाम स्ट्रक्चरको नयाँ भवन ठडिए पनि अन्तिम रूप नदिँदा प्रयोगविहीन बनेको छ। आन्तरिक टर्मिनल भवन अन्तर्गत जनकपुर विमानस्थलमा बनाइएको यो भवन नेपालकै नमुना हो। अढाई तले यो भवन फलामकै जगमा उभ्याइएको छ।

प्रकाशित मिति: : 2019-09-14 11:38:27

प्रतिकृया दिनुहोस्