इन्द्रजात्रा सञ्चालन गर्न पाँच कराेडकाे अक्षय काेश

तस्बिरः गोरखापत्र

काठमाडौँ, भदौ २५ गते । नेपाल सरकारले इन्द्रजात्रालगायत सो जात्रापर्वको सञ्चालन तथा व्यवस्थानका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गरेको छ । नेपाल सरकारको भदौ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय सरकारकासमेतको सहभागितामा कोष स्थापना गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, काठमाडौँ उपत्यकामा लामो समयदेखि परम्परागत रुपमा सञ्चालन हुँदैआएका जात्रा पर्वमध्ये ईन्द्रजात्राको सञ्चालत र व्यवस्थापनका लागि पाँच करोड रुपियाँको अक्षय कोषको व्यवस्था गरिएको छ ।

सो अनुसार, कोषमा जम्मा हुने पाँच करोडको ब्याजबाट वर्षेनी जात्रा खर्च व्यवस्थापन गरिने छ । सो कोषमा सरकारबाट एक करोड ५० लाख, प्रदेश ३ सरकारबाट एक करोड, काठमाडौँ महानगरपालिकाबाट दुई करोड र गुठी संस्थानबाट ५० लाख रुपियाँ रकम जम्मा गरिने विज्ञप्तिमा उल्लेख छ । सो कोषको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखको अध्यक्षतामा एक समिति गठन समेत गरिने जनाइएको छ ।

प्रकाशित मिति: : 2019-09-12 07:01:40

प्रतिकृया दिनुहोस्