हँसाउने ‘माग्ने’को रुवाउने कथा

तस्बिरः नेपाललाइभ

२०५० चैत २८ गते, बिहान ७ बजे। 

मकवानपुरको हात्तीसुढे बजार नजिकै खोलाको बगरमा त्यो बिहान खाली खुट्टै हिँडिरहेका थिए, केदार घिमिरे। लगाउनलाई खुट्टामा चप्पल थिएन, हाँस्नलाई बहाना थिएन। मनभरी पीडा र बेचैनी थियो। 

आफू सानैदेखि लडिबुडी खेल्दै हुर्किएको प्यारो घर अघिल्लो दिनमात्रै जलेर खरानी भएपछि अब उनी र उनको परिवारसँग बचेको एउटै कुरा थियो- ‘आजको छाक कसरी टार्ने भन्ने चिन्ता’। 

संसारले आज केदारलाई ‘माग्ने बुढा’ भनेर चिन्छ तर नियतिले उनलाई त्यही दिन ‘माग्ने’ बनाइसकेको थियो। त्यो बिहान पनि उनी छरछिमेकको दैलो पुग्दै थिए, एक छाक खानेकुरा पाइएला भन्ने आशमा। 

बगरमा हिँड्दै गर्दा पृष्ठभूमिमा एउटा गीत बजिरहेको थियोः

यस्तै रहेछ यहाँको चलन
हार्नेको आँशु-आँशु
जित्नेको हाँसो-हाँसो
मेरो छैन केही,
हजुरलाई गुनासो

जिन्दगीमा जताततै अँध्यारो महसुस गरिरहेका बेला बजिरहेको यो गीतले उनलाई लाग्यो- देविका बन्दनाले यो गीत मेरै लागि गाउनु भएको रहेछ। केदारले देविकालाई भेटेर यो महसुस सुनाएका पनि छन्।

प्रकाशित मिति: : 2019-09-11 07:47:14

प्रतिकृया दिनुहोस्