सिस्डोलबासीको प्रश्न,‘माननीयज्यू फोहर र मानिस एकै ठाउँमा रहनसक्छ?’

तस्बिरः काठमाडौं प्रेस

नुवाकोट, भदाै २४ : वरिपरी हरियाली डाँडा र राजधानीसँग जोडिएको रमणीय दृश्य हेर्दै सवारीसाधानमा जान सकिने ककनी गाउँपालिकाको सिस्डोल र बञ्चरेडाँडामा झर्ने वित्तिकै नाकमा दुर्गन्ध फैलन्छ। आँखा पोल्न थाल्छन्, नाकबाट लिइने श्वास पनि दुर्गन्धित भएजस्तो लाग्छ। 

पाँच मिनेटमै टाउको दुखेको अनुभव हुन्छ। हरियो डाँडाबीचको यो गाउँमा बस्नु स्वास्थ्य र वातावरणका लागि चुनौतीपूर्ण छ। देशको राजधानी काठमाडौँले आफू स्वच्छ बन्न यहाँ फोहर पठाउने गरेको १४ वर्ष बितेको छ। तीन वर्षका लागि लैजाने भनिएको सिस्डोलको डम्पिङ साइटमा सरकारले २०६२ जेठ २२ गतेदेखि फोहर फाल्न थालेको थियो। 

सम्झौता गरेको भन्दा ११ वर्ष बढी समय बिते पनि विकल्प तयार भइसकेको छैन। दुई किमी टाढाको बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न शहरी विकास तथा भवन निर्माण विभागले स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण शुरु गरेपनि गति सुस्त रहेको स्थानीयवासीको गुनासो छ। विभागले शिलान्यास कार्यक्रममा नुवाकोटका तीनै तहका जनप्रतिनिधिलाई थाहा नदिएको भन्दै स्थानीयवासी रुष्ट छन्। पारदर्शी रुपमा काम नगरेकाले सिस्डोलकै नियति बञ्चरेडाँडाले पनि भोग्नुपर्ने जनप्रतिनिधिको आशङ्का छ।

प्रकाशित मिति: : 2019-09-10 20:11:45

प्रतिकृया दिनुहोस्