गाई काटेको आरोपमा बुवा जेलमा, छोरी बेचिइन् दिल्लीमा ! आफन्तले नै ४० हजारमा बेचे १२ वर्षीया बालिकालाई

तस्बिरः रातोपाटी

१२ वर्षकी एक बालिका, सुनिता (नाम परिवर्तन) । जो आफ्नी दिदीको घरमा बसेर पढाइ गरिरहेकी थिइन् । म्याग्दी घर भएकी उनी बागलुङमा रहेको दिदीको घरमा बस्थिन् । दिदीकी सानी छोरी भएकाले ती सानी छोरीको रेखदेख गर्थिन् भने उनी आफै पनि विद्यालय गएर पढ्ने गरेकी थिइन् ।

दिदीको घरमै बस्दैगर्दा भेट भइन् लक्ष्मी परियार (नाम परिवर्तन) । खासमा लक्ष्मी सुनिताको भिनाजुको दिदी थिइन् । भिनाजुको दिदी भएपछि उनी त्यहाँ आइरहने गर्थिन् । लक्ष्मीको छोरी पनि झण्डै सुनिता जत्तिकै उमेरको थियो । त्यसो भएपछि सुनिता र लक्ष्मीकी छोरी पनि सँगै खेल्ने साथी बने ।

यो सबै देखेकी लक्ष्मीले सुनितालाई पनि ‘छोरी’ जत्तिकै माया गर्न थालिन् । लक्ष्मी नेपाल र इन्डिया दुवैतिर आउजाउ गरिरहने भएकाले लक्ष्मीले सुनितालाई फकाइन् कि इन्डिया जाने र उतै पढ्ने । इन्डिया विकसित सहर भएको पढाइ राम्रो भएको तथा खान लाउन पनि राम्रोसँग पाउने भएपछि सुनिता लक्ष्मीसँग दिल्ली जान तयार भइन् । दिदीको घरमा बसिरहेकी सुनिता दिदीलाई थाहा नै नदिई दिल्ली जान तयार भइन् ।

प्रकाशित मिति: : 2019-09-10 18:33:06

प्रतिकृया दिनुहोस्