बालविवाहको भयानक रुप : बालिका गर्भवतीदेखि सम्बन्ध विच्छेदसम्म

बेनी : सुजिता परियार(१५) आफू दुलही बन्न लागेको थाहा पाएपछि छाँगाबाट खसेजस्तै भइन्। म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीकी सुजिता (नाम परिवर्तन)ले फुपुको घरमा गएको तीनपछि मात्र आफू बुहारी बन्न लागेको थाहा पाएकी थिइन्। 

‘आफन्तको किरीयामा चितवनबाट आएका फुपुका छोराले घर जाम भनेर फकाएर लगे,’ कक्षामा पढ्ने सुजिताले भनिन्,‘फुपूको घरमा गएको तीन दिनपछि सिन्दुर हाल्ने र भिœयाउने कुरा सुनेपछि म त्यहाँबाट भागेर आएँ।’ 

ताकम प्रहरी चौकी, हेम मावि र लमसुङ माविको जनजागृति बाल क्लबको पहलमा गत शुक्रबार ‘ठेकी लगाउन’ हिँडेका जन्तीलाई बाटैबाट फर्काइयो। धवलागिरी गाउँपालिका–२ लुलाङका केटा र वडा–७ मच्छिमकी केटीले १७ वर्षकै उमेर विवाह गर्न लागेका कारण जन्ती फर्काइएको थियो। 

प्रकाशित मिति: : 2019-09-10 15:32:27

प्रतिकृया दिनुहोस्