२० वर्षदेखि शरीरमा १० वटा गोली लिएर हिडेका बुढा, खेती किसानीमा

रुकुमपूर्व– एक्लै हिँड्न उनलाई समस्या पर्छ । कारण उनको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्छन्। यो सब उहाँ बिरामी भएर होइन, युद्धका क्रममा लागेको गोलीले हो । युद्धको बेलामा सेनाले हानेका गोली शरीरभित्र अझै अड्किएका छन् । 

त्यसैको असरले उनकाे शरीरमा समस्या भएको हो । उनकाे शरीरमा अहिले पनि १० वटा गोली छन् । युद्धका बेलामा एक पटक जीवन पाएका पात्र हुन् उनी । बीस वर्षदेखि शरीरभरि गोली बोकेर हिँडेका सिस्ने गाउँपालिका–८ लम्पाकोटका ३६ वर्षीय डम्मरबहादुर बुढा अहिले भने राजनीति क्षेत्रबाट अली टाढा छन्। 

प्रकाशित मिति: : 2019-09-10 10:15:15

प्रतिकृया दिनुहोस्