साइबर अपराधलाई निस्तेज बनाउन सूचना प्रविधिमा लगानी बढाउन बैङ्कहरुलाई निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले साइबर आक्रमणबाट जोगिन बैङ्क तथा वित्तीय संस्थाहरुलाई सूचना प्रविधिमा लगानी बढाउन निर्देशन दिएको छ । 

पछिल्लो समय बैङ्किङ प्राणालीमा साइबर अपराध बढेर बैङ्किङ क्षेत्र नै असुरक्षित भएकाले सुरक्षित बनाउन सूचना प्रविधिमा लगानी बढाउन भनेको हो । बैङ्क तथा वित्तीय संस्था सूचना प्रविधिमा अझै कमजोर रहेकाले साइबर अपराध बढेको निष्कर्श केन्द्रीय बैङ्कको छ । 

गत भदौ १४ गते शनिबार चिनियाँ ह्याकरहरुले नेपालका बैङ्कका एटीएम बुथ कब्जा गरी करौडौं रुपैयाँ चोरी गरेपछि बैङ्किङ प्रणालीलाई सुरक्षित बनाउन राष्ट्र बैङ्कले वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग छलफल गरेको छ ।

प्रकाशित मिति: : 2019-09-10 10:07:22

प्रतिकृया दिनुहोस्