नेपाली बेहुली चीन बिक्री गर्ने गिरोहका १० पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको अनुसन्धानमा चीनमा नेपाली युवतीहरु विवाहको बहानामा बेचिने गरेको पाइएको छ। मानव तस्करले चीनमा पु¥याउने एक जना युवतीलाई विवाह गराए बापत चिनियाँ दलालले १० लाखसम्म, काठमाडौंमा बस्ने नेपाली दलालले १ देखि २ लाखसम्म, युवती राख्ने दलालले ८० हजार, युवतीको अभिभावकले ५० देखि ६० हजार वा नयाँ फोन वा जिन्सी सामग्री पाउने गरेको अनुसन्धानबाट खुलेको छ।

ब्युरोको टोलीले विभिन्न मिति र स्थानहरुबाट चार जना पीडित युवतीको उद्धार गरेसँगै यो घटना बाहिर आएको हो। कानुनतः संगठित रुपमा पैसाको लेनदेन गरी विवाह गराउन पाइँदैन। यसलाई विश्वभर मानव तस्करी अपराधको रुपमा लिने गरिन्छ। ब्युरोका अनुसार यसलाई प्रचलित भाषामा ‘ब्राइड्स बाइङ’ भनिन्छ। ब्युरोले मानव बेचबिखन अपराधमा संलग्न १० जनालाई पक्राउ नै गरिसकेको छ। पक्राउ परेकामा ६ जना नेपाली र चार जना चिनियाँ छन्।

प्रकाशित मिति: : 2019-08-30 20:15:54

प्रतिकृया दिनुहोस्