हिराकाजीको प्रश्न – छोराले कलेजो दिन्छ ?

१३ भदौ, काठमाडौं । दुई वर्षअघि बुवाको मुख हेर्ने दिन थियो । सरिता महर्जनले केक ल्याइन् र हिराकाजीका अघिल्तिर राखिदिइन् ।

केकमा लेखिएको थियो, ‘न्यू लाइफ’ । अनि परिवारका सदस्यले ठूलो स्वरमा भने, ‘ह्याप्पी बर्थ डे टु यू ड्याडी ।’

बाबाको जीवनबाट खोसिएको खुशीलाई फिर्ता ल्याउने यो अर्को प्रयास थियो सरिताको ।

एक वर्ष बित्यो । फेरि बुवाको मुख हेर्ने दिन आयो । सरिताले उसै गरी केक लिएर राखिदिइन् ।

त्यसमा लेखिएको थियो, ‘सेकेन्ड इयर’ ।

तर, यसपटक सरिताले ‘थर्ड इअर’ (तेस्रो वर्ष) लेखेको केक अर्डर गरिनन् । आमाको निधनको शोकमा छिन् सरिता र बहिनी सरिला । हिराकाजीले पत्नी गुमाएका छन् । मञ्जुको निधन भएको वर्ष दिन पनि बितेको छैन ।

सरिताले केक पो काटि्दनन्, तर बुवाको हेरचाह गरिरहेकी छिन् । हिजो पनि हेरेकी हुन्, भोलि पनि हेर्छिन् नै । आखिर, दुई वर्षअगाडि आफ्नो कलेजो काटेर बुवालाई दिने आँट नदेखाएको भए हिराकाजी शायदै सरितासँग हुन्थे ।

 

प्रकाशित मिति: : 2019-08-30 20:12:25

प्रतिकृया दिनुहोस्