‘नाकाबन्दीमा निकै दुःखी थिइन् सुष्मा’

भारतकी पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति थुप्रै नेपाली नागरिकसहित नेता, प्रधानमन्त्री अनि मन्त्रीहरूले समेत दुःख व्यक्त गरिरहेका छन्।

खासगरी सुष्मालाई नेपालीले ‘नाकाबन्दी’ सँग जोडेर सम्झिएका छन्।

संयोग पनि कस्तो थियो भने, उनी विदेशमन्त्री हुँदा भारतले नेपालमाथि ‘नाकाबन्दी’ गर्‍यो। यद्यपि त्यसलाई भारतले औपचारिक रुपमा स्वीकार भने गरेन। तर, त्यही विषयमा भारतीय संसदमा सम्बोधन गर्दै स्वराजले भनेकी थिइन् ‘नेपालमाथिको यस्तो घटना पहिलो होइन।’

त्यो बेला नेपालका लागि भारतका राजदूत थिए, दीपकुमार उपाध्याय।

नेपाल वायुसेवा निगमलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने मन्त्री भट्टराईको प्रतिवद्धता (भिडियोसहित)

उनका अनुसार सुष्मा त्यो बेला निकै दुःखी थिइन्। नेपालसँगको साँस्कृतिक, सामाजिक तथा धार्मिक हिसाबले अति संवेदनशील नेताको रुपमा उपाध्यायले सुष्मालाई बुझेका छन्।

‘मलाई लाग्छ, चन्द्रशेखरपछि नेपाल सम्बन्धको गहिरो आभाष पाउने कोही नेता थियो भने त्यो सुष्माजी नै हो’ उपाध्याय भन्छन् ‘मसँगका धेरै भेट र कुराकानीमा उहाँले सधै भन्नुहुन्थ्यो ‘नेपाल सम्बन्धको नयाँ परिभाषा खोजौँ।’

संयोगले नाकाबन्दी तथा भूकम्पका बेला उपाध्याय नै भारतका लागि नेपाली राजदूत थिए।

 

प्रकाशित मिति: : 2019-08-07 16:52:13

प्रतिकृया दिनुहोस्