विश्वको सबैभन्दा ठूलो तेल खानीमा ड्रोन हमला

Agency

विश्वको सबैभन्दा ठूलो तेल खानी साउदी अरबियाको साउदी अराममा शनिबार ड्रोन आक्रमण भएको छ। ड्रोन हमलाबाट कम्पनीमा भीषण आगो लागेको साउदीका गृहमन्त्रीले जानकारी दिए। 

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

हमलाको जिम्मेवारी कसैले लिएको छैन। मिडिया रिपोर्टअनुसार साउदी अरामको दुईवटा सयन्त्र अब्केक र खुरेसमा ड्रोन हमलाका कारण आगो लागेको छ।

साउदी अरामले दिएको जानकारी अनुसार अब्केक तेल प्रशोधन विश्वकै सबैभन्दा ठूलो तेल प्लान्ट हो। जहाँ दिनमा ७ मिलियन ब्यारेल प्रशोधन हुने गरेको छ। यो प्लान्ट पहिलेदेखि नै आतंकवादीहरूको निशानामा थियो।

अलकायदाको दावी अनुसार फरवरीमा तेल परिषरमा आत्मघाती हमलाको असफल प्रयास भएको थियो। 

प्रकाशित मिति: : 2019-09-14 18:01:57

प्रतिकृया दिनुहोस्