यार्सागुम्बा: कर्णाली अञ्चलमा पढ्न छाडेर विद्यार्थी 'च्याउ' टिप्न लेकमा, गाउँ सुनसान

यार्सा टिप्ने समय सुरु भएपछि डोल्पा, जाजरकोट, रुकुम, जुम्ला, मुगु आदि जिल्लाबाट विद्यार्थी उनीहरू अभिभावकसँगै उच्च पहाडी क्षेत्रका पाटन गएपछि ती जिल्लाका अधिकांश विद्यालयको नियमित पढाइ प्रभावित भएको छ ।

गरिबीका कारण बालबालिकाहरू अभिभावकसँगै यार्सा खोज्न पाटन जानुपर्ने बाध्यताले गर्दा उनीहरूको पढाइ बर्सेनि प्रभावित हुँदै आएको जाजरकोटको नलगाड नगरपालिका-१२ औलगुर्तास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका प्रेमा केसी बताउँछिन्।

डोल्पा, जुम्ला, मुगु, जाजरकोट र रुकुमका अधिकांश स्थानीय बासिन्दाले यार्सा बेचेर जोहो गरेको पैसाबाट वर्षभरिको खर्चको जुटाउने गरेका छन्।

सबैभन्दा बढी डोल्पा र मुगुका पाटनमा तथा त्यसपछि जुम्ला र हुम्लाका पाटनमा यार्सा पाइन्छ ।

प्रकाशित मिति: : 2019-06-09 10:42:57

प्रतिकृया दिनुहोस्