दस वर्षदेखि ठेलामा आलुपरौठा बेच्दै ८० वर्षीया ठूलीमाया

ठूलीमाया सुनुवार ८० वर्ष भइन्। बालुवाटारमा उनी ठेलामा आलुपरौठा बनाएर बेच्छिन्। तस्बिरः निशा भण्डारी/सेतोपाटी

बालुवाटारको टुँडालदेवी मन्दिर जति चर्चित छ, मन्दिरको ठीक सामुन्ने दस वर्षदेखि उभिएको सानो ठेला कम चर्चित छैन। बिहान छ बजेदेखि भिड लाग्ने यो ठेलामा बेलुकी छ बजेसम्मै चहलपहल हुन्छ। प्रायः युवाहरू यहाँ आलुपरौठा खान झुम्मिन्छन्। अझ भन्नुपर्दा, ८० वर्षीया 'हजुरआमा' ठूलीमायाको हातबाट आलुपरौठा खान।

आफ्नो भोक र जिब्रोको तलतल मेटाउन यहाँ आउनेहरूले यी हजुरआमाका फोटा र भिडिओ सामाजिक सञ्जालमा हालेका छन्। कति त त्यही हेरेर पनि आउँछन्। ठेलाको यही आकर्षण पछ्याउँदै हामी पनि 'परौठा बनाउने हजुरआमा' भेट्न पुग्यौं।

प्रकाशित मिति: : 2019-06-07 10:20:11

प्रतिकृया दिनुहोस्