काफलवाली सम्मानित

काफलवाली अर्थात गीता खत्री । तस्बिर: अन्नपूर्ण ।

सन्धिखर्क : कार्यक्रम थियो– तुसारेपानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन । त्यसमा एक फरक घोषणा गरियो काफलवालीलाई सम्मान ।  काफलवाली अर्थात गीता खत्री ।

अर्घाखाँचीको सन्धिखर्कस्थित पाणिनि क्याम्पसमा नातक तेस्रो वर्ष पढ्छिन् २२ वर्षीय गीता ।  उनले  काफल बेचेरै यस वर्ष ७५ हजार रुपैयाँ हात पारिन् । सन्धिखर्क–गोरुसिंगे सडकको नरपानीबाट घुम्तीसम्मको क्षेत्रमा उनले गाडीका यात्रुलाई काफल बेचेकी थिइन् । उनी अर्घाखाँचीकै सन्धिखर्क–६ नरपानी उपल्लो जगातकी हुन् ।

घरको आर्थिक अवस्था कमजोर रहेको बताउँदै उनले भनिन्, ‘पढ्का लागि पैसो जुटाउन काफल बेचेकी हुँ । केही काम गरौं न भने पाइँदैन । त्यसैले जंगलमा गएर काफल टिपेर बेचें । कमाइ पनि राम्रै भयो । अब मलाई यस वर्ष पढाइ खर्चको चिन्ता छैन ।’

प्रकाशित मिति: : 2019-06-02 06:54:35

प्रतिकृया दिनुहोस्