मोदीको पुनरागमनले फरक पार्दैन, नेपाल-भारत सम्बन्ध यस्तै चलिरहन्छ : लोकराज बराल [भिडियो वार्ता]

तस्बिरः नेपाललाइभ

काठमाडौं- भारतमा सम्पन्न १७ लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले अत्यधिक बहुमत ल्याएपछि नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछन्। बिहीबार दोस्रो कार्यकालका लागि सपथ लिने समारोहमा मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरूलाई बोलाएका छन्। 

भारतीय सत्तामा मोदीको पुनरागमनसँगै उनको नेपाल नीति कस्तो रहला भन्ने चासो बढेको छ। कतिपयले हिन्दु राष्ट्रवादलाई प्रवर्द्धन गर्ने नाराले चुनवामा सफलता पाएका मोदीले नेपालमा पनि हिन्दु राष्ट्र फर्काउन कोसिस गर्न सक्ने टिप्पणी गर्ने गरेका छन्। 

पहिलो कार्यकालमा नेपालसँगको सन्तोषजनक सम्बन्ध बनाउन नसेका मोदीले आफ्ना गल्तीमा सुधार गर्लान्? 

नेपालका लागि भारतका पूर्वराजदूत प्राडा लोकराज बराल भने मोदीको पुनरागमनले नेपाल-भारत सम्बन्धमा तात्विक रुपमा खासै परिवर्तन नआउने बताउँछन्। नेपालका राजसंस्था र हिन्दु पक्षधर मोदीको आगमनले हौसिएको भए पनि त्यसमा नेपालको आन्तरिक परिस्थित नै निर्णायक हुने बरालको विश्लेषण छ।

भारतीय चुनाव, मोदीको विजय र त्यसका बाछिटाले नेपालसम्म पार्ने प्रभावबारे नेपाल लाइभकी पुष्पा केसीले प्राडा बरालसँग गरेको कुराकानीः

प्रकाशित मिति: : 2019-05-30 15:28:50

प्रतिकृया दिनुहोस्