प्रधानमन्त्री र सांसदका अमर्यादित शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन

सभामुख कृष्ण बहादुर महराले नीति तथा कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शव्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । शुक्रबार बसेको संसद बैठकको सुरुमै सभामुख महराले दुई दिनअघिको संसद बैठकमा प्रयोग भएका अमर्यादिन शब्द हटाउन संसद सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन् ।सभामुखको निर्देशन लगत्तै नेकपाका संसद खगराज अधिकारीले उक्त दिन प्रधानमन्त्रीले मात्रै नभएर अन्य माननीयहरले समेत अमर्यादिन शव्द प्रयोग गरेकाले ति शव्दहरु समेत हटाउन माग गरेका थिए । त्यसपछि सभामुख महराले अमर्यादित सबै शब्द हटाउन निर्देशन दिएको जवाफ दिएका थिए । सभामुखको उक्त निर्देशनपछि काँग्रेस सांसदहरुले संसद बैठक चल्न दिएका छन् ।

प्रकाशित मिति: : 2019-05-10 12:25:46

प्रतिकृया दिनुहोस्