१० वर्षपछि विश्व क्रिकेटमा नेपालः नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले (मंगलबार) आज राति आफ्नो पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ। समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो। खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे हुँदैछ।
बिएल संवाददाता - काठमाडौँ