बिएल संवाददाता
काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ।
सोमबार दशरथ रंगशालामा भएको समूह ‘बी’ को खेलमा भारतले भुटानमाथि १–० गोलको कठिन जित निकालेको हो।
खेलको ३७ मिनेटमा भारतका मनिरुल मल्लले गरेको गोल निर्णायक सावित भएको हो। उनले कर्नर बलमा हेडमार्फत् गोल गरेका थिए।
गोल गरेपछि उनले भारतको कोलकातामा डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको ’पीडितलाई न्याय’ लेखिएको टिसर्ट देखाएका थिए। खेलमा भुटानले इन्जुरी समयको अन्तिम मिनेटमा बराबरी गर्ने अवसर गुमाएको थियो।
भुटानका कप्तान पेमाको प्रहार पोलमा लागेको थियो । प्रतियोगितामा भोलि समूह ‘ए’ को खेलमा श्रीलंका र बंगलादेश खेल्नेछन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया