
बिएल संवाददाता
नेपाल भलिबल संघ (एनभिए)ले काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गरेर काभा भलिबल सहभागी खेलाडीहरूलाई नगदसहित सम्मान गरेको हो।
माल्दिभ्समा सम्पन्न काभा यु– २० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम व्यवस्थापकलाई समान १५ हजारले सम्मान गरेको हो।
यस्तै भुटानमा सम्पन्न काभाबीच भलिबलमा रजत पदक जितेको पुरुष टिमका दुई खेलाडी मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारलाई नगद ३० हजार तथा सोही प्रतियोगितामा महिलातर्फ स्वर्ण पदक विजेता महिला भलिबल टिमकी कमला पुन र मनिषा चौधरीलाई जनही ६० हजार तथा प्रशिक्षक उपेष विष्टलाई ४० हजार नगदसहित सम्मान गरेको हो।
यस्तै, काठमाडौं सम्पन्न काभा वुमेन्स नेसन्स लिगमा रजतपदक विजेता महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजारसहित सम्मान गरिएको छ। उक्त प्रतियोगिताका प्रशिक्षक, टिम व्यवस्थापक र फिजियोलाई ८२ हजार नगद पुरस्कार प्रदान गरिएको छ।
काठमाडौंमा सम्पन्न काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल खेलमा भारतसँग ३–२को सेटमा पराजित हुँदै च्याम्पियन बन्न असफल भएको थियो।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया