बिएल संवाददाता
नेपालकी पलेशा गोवर्धनले पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेकी छिन्।
के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा शुक्रबार कास्य पदक जित्दै पलेशा नेपालका लागि ओलम्पिक र पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन्।
पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठुलो पदक पनि बनेको छ।
कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराउँदै नेपाललाई पदक दिलाइन्।
पलेशाले रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेकी थिइन्।
नेपालले सन् १९६४को टोकियोमा पहिलोपटक समर ओलम्पिकमा सहभागिता जनाएको जनाएको ६ दशकसम्म पदक विहीनताको अवस्थालाई पलेशाले तोडेकी हुन्।
उनै पलेशाले चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया