टी- २० विश्वकप: फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र अफगानस्तान प्रतिस्पर्धा गर्दै
आइसिसी टी- २० विश्वकपकाे फाइनल प्रवेशका लागि बिहीबार (भाेलि) बिहान अफगानस्तान र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्। यी दुई टाेलीबीचकाे पहिलाे सेमिफाइनल खेल नेपाली समयअनसार बिहान ६ : १५ बजेबाट सुरु हुनेछ। यी दुवै टाेली टी- २० विश्वकपमा पहिलाेपटक फाइनल पुग्ने तयारीमा छन्। दक्षिण अफ्रिका सुपर-एटमा समूह- २काे विजेता बनेर सेमिफाइनलमा पुगेकाे हाे। उसले सुपर-एटमा इङ्ल्याण्ड, आयाेजक वेस्ट इन्डिज र सह-आयाेजक अमेरिकालाई पराजित गरेकाे थियाे।
बिएल संवाददाता - काठमाडाैँ