बिएल संवाददाता
काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज (शनिबार) नेपाल र भारत भिड्दै छन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने आजको पहिलो खेलमा यी दुई टोली आमनेसामने हुन लागेका हुन्। यो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ।
लिग चरणमा एक खेल मात्र खेलेको नेपालको खातामा ३ अंक मात्र छ। नेपालले लिगको उद्घाटन खेलमा श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हात पारेको थियो।
लिग चरणको दुई खेलमा अपराजित रहेको भारत ६ अंकमा तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा इरानमाथि ३–१ को सेटमा विजयी भएको भारतले लिग चरणको दोस्रो खेलमा मालदिभ्सलाई सोझो सेटमा पाखा लगाएको थियो।
जारी लिगमा भारत नेपालका लागि बलियो प्रतिद्वन्दी मानिन्छ। यसअघिका भेटमा नेपालमाथि भारतीय टोली हाबी हुँदै आएको छ।
सन् २०१९ मा घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले भारतलाई १ सेट मात्र पराजित गरेको थियो। त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो। तर, पनि नेपाल सागमा भारतसँग पराजित भएको थियो।
त्यस्तै आज हुने दोस्रो खेलमा इरान र मालदिभ्स खेल्नेछन्। सोही कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुने तालिका छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया