
बिएल संवाददाता
श्रीलंकाले जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ।
गएराति सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको हो। श्रीलंकाले दिएको २४१ रनको लक्ष्य पछाएको भारतले ४२.२ ओभरमा अल आउट हुँदै २०८रन मात्र बनाएको थियो।
भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए। भने, अक्सर पटेलले ४४ र शुभमन गिलले ३५ रन बनाएका थिए। भारतलाई अल आउट गर्ने क्रममा श्रीलंकाका बलर जेफ्री जेफ्री वान्डरसेले सर्वाधिक ६ र चरिथ असलंकाले ४ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो। श्रीलंकाका लागि आभिस्का फर्नान्डो र कमिन्दु मेन्डिसले ४०-४० रन बनाएका थिए। भने, दुनिथ वेल्लालागेले ३९, कुसल मेन्डिसले ३० र चरिथ असलंकाले २५ रन बनाएका थिए।
त्यस्तै भारतका बलर वाशिंटन सुन्दरले ३ र कुलदीप यादवले २ विकेट लिएका थिए।
यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका १-०ले अगाडि भएको छ। यसअघि खेलिएको सिरिजको पहिलो खेल टाइ भएको थियो।
अब सिरिजको अन्तिम खेल बुधबार खेलिँदै छ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया