
बिएल संवाददाता
नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ०४ः२५ बजेदेखि सुरु हुनेछ।
मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो। त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो।
लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ। फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थिति हुने भएका छन् ।
त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउसो २ बजेदेखि हुनेछ।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया