बिएल संवाददाता
काभा महिला भलिबल लिगमा इरानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ।काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दाेस्राे सेमिफाइनलमा इरानलाई ३–० काे साेझाे सेटमा हराउँदै नेपाल फाइनमाल प्रवेश गरेको हो।
नेपालले पहिलाे सेट २५–२१, दाेस्राे सेट २८–२६ र तेस्राे सेट २५–२० ले जित्याे। याेसँगै नेपालले लिग चरणमा इरानसँगकाे हारकाे बदला लिएकाे छ। लिग चरणमा नेपाल इरानसँग ३–२ काे सेटमा पराजित भएकाे थियाे।
अब नेपालले उपाधिका लागि भाेलि बुधबार भारतसँग खेल्नेछ। मंगलबार नै भएकाे पहिलाे सेमिफाइनलमा श्रीलङ्कालाई ३–० काे साेझाे सेटमा हराउँदै भारत फाइनलमा पुगेकाे थियाे।
पाँच वटा देश सहभागी प्रतियोगितामा माल्दिभ्स एक अङ्क पनि नजोडी लिगबाटै बाहिरिसकेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया