बिएल संवाददाता
जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो काश्य पदक जितेको छ।
भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा काश्य पदक जितेका हुन्।
मनु र सरबजोतको टिमले दक्षिण कोरियाको ओ ये जिन र ली वून्होलाई १६-१० ले पराजित गर्दै काश्य पदक जितेका हुन्।
यसअघि मनु भाकरले १० मिटर एयर पेस्तोलमै काश्य पदक जितेकी थिइन्। पहिलो काश्य पदक जितेर उनी भारतको ओलम्पिक इतिहासमा शुटिङमा मेडल जित्ने पहिलो खेलाडी बनेकी थिइन्।
यसका साथै मनु ओलम्पिकको इतिहासमा एकै ओलम्पिकमा दुई मेडल जित्ने पहिलो भारतीय खेलाडीसमेत बनेकी छन्।
यसअघि भारतका लागि पहलवान शुशील कुमार र ब्याडमिन्टन खेलाडी पीभी सिन्धुले दुई ओलम्पिक पदक जितेपनि उनीहरुले अलग अलग ओलम्पिकमा जितेका थिए।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया