
बिएल संवाददाता
जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो काश्य पदक जितेको छ।
भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा काश्य पदक जितेका हुन्।
मनु र सरबजोतको टिमले दक्षिण कोरियाको ओ ये जिन र ली वून्होलाई १६-१० ले पराजित गर्दै काश्य पदक जितेका हुन्।
यसअघि मनु भाकरले १० मिटर एयर पेस्तोलमै काश्य पदक जितेकी थिइन्। पहिलो काश्य पदक जितेर उनी भारतको ओलम्पिक इतिहासमा शुटिङमा मेडल जित्ने पहिलो खेलाडी बनेकी थिइन्।
यसका साथै मनु ओलम्पिकको इतिहासमा एकै ओलम्पिकमा दुई मेडल जित्ने पहिलो भारतीय खेलाडीसमेत बनेकी छन्।
यसअघि भारतका लागि पहलवान शुशील कुमार र ब्याडमिन्टन खेलाडी पीभी सिन्धुले दुई ओलम्पिक पदक जितेपनि उनीहरुले अलग अलग ओलम्पिकमा जितेका थिए।
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया