बिएल संवाददाता
नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगअन्तर्गत भारतमाथि सानदार जित हासिल गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२को सेटमा पराजित गरेको हाे।
नेपाली महिला भलिबल टिमले पहिलोपटक भारतलाई पराजित गरेको हो।
यो जितपछि नेपालले २ अंक हासिल गरेको छ। भने, भारतले एक अंक हासिल गरेको छ। यो जितपछि नेपालको २ खेलमा ५ अंक भएको छ। भने, भारतको ३ खेलमा ७ अंक भएको छ।
यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-०को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी सुरुवात गरेको थियो।
आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५ : १५ बजेदेखि इरानसँग खेल्ने छ।
त्यस्तै नेपालले आफ्नो लिग चरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया