बिएल संवाददाता
साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ।
उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।
यसअघि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रथंशालामा उद्घाटन खेल हुने भनिए पनि खराब मैदानका कारण खेल एन्फा कम्प्लेक्समा सरेको हो। एन्फा कम्प्लेक्समा हुने खेल हेर्नका लागि ३ सय रूपैयाँ टिकट दर तोकिएको छ।
च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन्। सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका रहेका छन्।
समूह बी मा भारत, मालदिभ्स र भुटान छन्। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया