बिएल संवाददाता
पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक काश्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन्।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ले व्यवस्था गरेअनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन्।
नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/गृष्मकालीन/शीतकालीन/पारा/विशेष तथा र विश्वकप फुटबलमा कास्य पदक जित्ने खेलाडीले ६५ लाख रुपैयाँ पुरस्कार दिइने उल्लेख छ।
साथै नियमावलीमा पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पाँच लाख पचासी हजार र नेपाल तेक्वान्दो संघले ११ लाख ७० हजार पुरस्कार पाउने व्यवस्था गरिएको छ। नियमावलीले ओलम्पिकमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई १ करोड ३० लाख र रजत पदक जित्ने खेलाडीलाई ९७ लाख नगद पुरस्कार दिने व्यवस्था गरेको छ।
पेरिस पारालिम्पिक– २०२४ अन्तर्गत भएको के– ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन्।
योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया