आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग फेरि पराजित भएको छ।
क्यानडामा जारी एक दिवसीय सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो। अब यो सिरिजको अन्तिम खेलमा नेपालले ओमानसँग खेल्ने छ।
सोमबार विहान सकिएको खेलमा घरेलु टोली क्यनडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालको सुरुआत भने विर्सन लायक रह्यो।
नेपाली टिम ४६.१ ओभरमा १८१ रन बनाएर अलआउट भयो। कुनै समय ८७ रन बनाउँदा ७ विकेट गुमाएको नेपालको पारिलाई गुलसन झा, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले १५० माथिको स्कोरमा लगेका थिए।
बिएल संवाददाता
- काठमाडाैँ