जिम्बाबेविरुद्ध भारतको फराकिलो जित, अभिषेकले बनाए शतक
भारतले जिम्बाबेविरुद्धको दोस्रो टी-२० खेलमा जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा भारतले जिम्बाबेलाई १०० रनले पराजित गरेको हो। भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.४ ओभरमा अल आउट हुँदै १३४ रन बनाएको थियो। जिम्बाबेका लागि वेस्ली माधेभेरेले सर्बाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए। त्यस्तै ब्रायन बेन्नेटले २६ रन बनाएका थिए।
बिएल संवाददाता - काठमाडाैँ