बिएल संवाददाता
नेपालले अमेरिकाविरुद्धको टी- २० सिरिज क्लिन स्विप गरेको छ।
टी- २० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो।
अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरेका थिए। आसिफले टी- २० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन्। त्यस्तै अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए।
त्यस्तै अमेरिकाका बलर जुआनोय ड्राइसडाले र जसदीप सिंहले एक-एक विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।
अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए। भने, मिलिंद कुमारले ४३ रन बनाएका थिए। त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए। भने, रिजन ढकाल र ललित राजवंशीले एक-एक विकेट लिएका थिए।
योसँगै नेपालले ३ खेलको सिरिज ३-० ले जितेको छ। नेपालको टी- २० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लिन स्विप गरेको यो पहिलो पटक हो।
नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आइसीसी विश्वकप लिग-२ को सिरिज खेल्ने छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया