बिएल संवाददाता
पोखरा एभेन्जर्सले वेस्ट इण्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल)को लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको हो।
यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ।
नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय त्रिनिडाडियन क्रिकेटर एन्डरसन फिलिपले वेस्ट इण्डिज टिमबाट थुप्रै अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
उनी फास्ट बलर हुन्। १ सय ४० किलोमिटर प्रतिघण्टा तीव्र गतिको औसतमा बलिङ गर्ने फिलिपले पोखराबाट खेल्न उत्साहित रहेको बताएका छन्।
एन्डरसन फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन्।
टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताए।
एनपिएलकै सबैभन्दा मंहगो टिम पोखराले कुशल, एन्डरसन फिलिप, डि लिडे र गौससँगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई अक्सनबाट छनोट गरेको छ।
एनपिएपल आगामी मंसिर १५ देखि पुस ६सम्म आयोजना हुँदैछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया